September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप प्रदान

नेपालमा लक्षित जनसङ्ख्याको ७८ प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाइएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।खोप अभियान सुरु भएयता लक्षित वर्गका ७८ प्रतिशतलाई कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाइसकिएको मन्त्रालयको आजको प्रेस ब्रिफिङमा प्रवक्ता डा. सङ्गीता मिश्राले जानकारी दिनुभयो ।

हालसम्म १ करोड ७६ लाख ६४ हजार ५ सय १६ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।सरकारले यही चैत्र मसान्तसम्ममा १८ वर्ष माथिका सबै नागरिकलाई कोरोना विरुद्धको पुरा मात्रा खोप लगाइसक्ने लक्ष्य राखेको समेत प्रवक्ता डा. मिश्राले जानकारी गराउनुभयो ।यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा थप २६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको