
काठमाडौं, आइतबार सरकारले संसद्मा एमसीसी टेबल गरेसँगै आन्दोलन थप चर्किँदै गएको छ । पछिल्लो समय संसद्मा एमसीसी टेबल नगर्न निकै दबाब दिइरहेको बेला एमसीसी टेबल भएपछि उपत्यकाको बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्किएको छ ।
आइतबार दिउँसो १ बजेपछि प्रतिनिधिसभाको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्मा टेबल गराएका हुन् ।

त्यसलगत्तै आक्रोशित आन्दोलनकारीले चर्को नाराबाजी गर्दै निषेधित क्षेत्रमा प्रदर्शन थालेकोहो । प्रदर्शनमा प्रहरी हस्तक्षेप भएसँगै भने दर्जनौँ घाइते भएका छन् ।







