September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

एमसीसी पेस गरेसँगै चार दिनका लागि संसद स्थगित

काठमाडौं, प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता पेश भएको प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको छ ।

अमेरिकी सहयोगसम्बन्धी परियोजना एमसीसी सम्झौता टेबल गरेपछि प्रतिनिधिसभा बैठक चार दिनका लागि स्थगित भएको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेस गरेलगत्तै सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मका लागि बैठक स्थगित गरेका हुन् ।

यसैगरी एमसीसी सम्झौता संसदमा पपेस हुँदा नेकपा एमालेका सांसदहरुले नाराबाजी गरिरहेका थिए ।

शीर्ष समाचार

धेरै पढिएको