May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

थप ३५० जनामा कोरोना पुष्टि, चार जनाको मृत्यु

काठमाडौं, शनिबार थप ३५० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । देशभर ७ हजार ९६ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट १९८ तथा एन्टिजेन विधिबाट १५२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १ हजार २७२ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोनामुक्त हुनेको संख्या ९ लाख ५० हजार ५६ पुगेको छ ।

यसैगरी नेपालमा निको हुने दर ९७.४ प्रतिशत रहेको छ । हाल देशभर नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या १३ हजार ३५७ रहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ४ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म ११ हजार ९१७ जनाले ज्यान गुमाइसकेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको