February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

थप ४३७ जनामा कोरोना पुष्टि,२ जनाको मृत्यु

काठमाडौं,गएको २४ घण्टामा नेपालमा ४३७ जना कोरोना संक्रमित थपिएका छन् । ९ हजार ९१ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट २७५ जना र एन्टीजेन परिक्षण विधीबाट १६२ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा २ जना संक्रमितको मृत्यु भएको छ । थप २४५४ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९७.३ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९१३ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको