February 26, 2024, Monday
२०८० फाल्गुन १४, सोमबार

एमसीसीको विरोधमा आज पनि प्रदर्शन जारी

काठमाडौं, एमसीसीको विरोधमा नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका कार्यकर्ताहले
आज पनि नयाँबानेश्वर क्षेत्रमा प्रदर्शन जारी राखेका छन् ।

उनीहरुले ‘एमसीसी चाहिंदैन, देश बेच्न पाइँदैन’ लगायतका नारा लगाउदै सडकमा टायर बालेर एमसीसीको विरोध गर्दै एमसीसी लेखिएका ब्यानर र प्लेकार्ड बोकेका छन् ।

प्रदर्शनकारीलाई प्रहरीले एभरेष्ट होटल नजिक रोकेको छ भने बानेश्वरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको छ ।

शीर्ष समाचार

धेरै पढिएको