June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

कांग्रेसले विकास गरेकोप्रति प्रचारप्रसार नभएको प्रधानमन्त्रीको गुनासो

file photo

काठमाडौं, नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतन्त्र, न्याय, समानताका पक्षमा स्थापनाकालदेखि क्रियाशील काँग्रेसका बारेमा गलत प्रचार गर्नेविरुद्ध निर्भयका साथ प्रतिवाद गर्नुपर्ने बताएका छन् ।

बिहिवार प्रधानमन्त्री निवास बालुवाटारमा नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेसको संक्षिप्त इतिहास’ को विमोचन गर्दै यस्तो बताएका हुन् ।

उनले कांग्रेसले नेपालमा लोकतन्त्र स्थापनाका लागि थुप्रै ऐतिहासिक आन्दोलनको नेतृत्व गर्दै आएको भए पनि त्यसलाई प्रचारप्रसार गरी जनतासम्म पु-याउनुपर्नेमा जोड दिएका छन् ।

यसैगरी प्रधानमन्त्री देउवाले कांग्रेसले देशको विकास र नागरिकको उत्थानमा नेपाली कांग्रेसले उल्लेखनीय कार्य गरेको भए पनि त्यसको उचित प्रचार प्रसार हुन नसकेको भन्दै काँग्रेसले देशको उत्थान र विकासमा गरेका कार्यहरुको प्रचार गर्नुपर्ने बताएका छन् ।

लोकतान्त्रको स्थापनादेखि नै जनता र देशका पक्षमा काम गर्दै आएको कांग्रेसले यसपटक पनि अमेरिकी सहायता निकाय, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) पनि नेपालको विकासका लागि भएकाले यसलाई अनुमोदन गर्नुपर्दछ भन्ने अडानमा रहेको उनको भनाई छ ।

शीर्ष समाचार

धेरै पढिएको