थप ६३९ जनामा कोरोना संक्रमण, तीन जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप ६३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट ९ हजार ७५६ जनामा गरिएको परीक्षणमा ६३९ जनामा संक्रमण देखिएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६ हजार ७८२ जनामा परीक्षण गर्दा ५४८ जना र एन्टिजेन विधिबाट २ हजार ९७४ जनामा परीक्षण गर्दा १८५ जनामा संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना निको हुनेको संख्या १ हजार ६०० रहेको छ । सोही अवधिमा ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार हालसम्म सक्रिय संक्रमितको संख्या १८ हजार २५१ रहेको छ ।
प्रतिकृया दिनुहोस्