June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

एमसीसीविरुद्ध प्रदर्शन गर्ने ९२ जना पक्राउ, ३ प्रहरीसहित चार घाइते

काठमाडौं, एमसीसी प्रस्ताव पारित गर्न लागेको भन्दै आज बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन भएको छ । उक्त प्रदर्शनमा उत्रिएका ९२ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सन्तोष सिंह राठौरका अनुसार पक्राउ गरिएकाहरूलाई भृकुटीमण्डपस्थित नगर प्रहरीको कार्यालय, प्रहरी वृत सिंहदरबार र बानेश्वरमा राखिएको छ ।

यसैगरी प्रदर्शनमा झडप हुँदा १ जना प्रदर्शनकारी र ३ जना प्रहरीसमेत घाइते भएका छन् । एमसीसीको विरोध गर्दै बुधवार नेकपा माओवादी केन्द्रका भातृसंगठन, राप्रपाको भातृ संगठन, नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववियू र ५ साना कम्युनिष्ट पार्टीहरुले छुट्टाछुट्टै प्रदर्शन गरेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको