January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

एमसीसीको विरोधमा ६ राजनीतिक दलहरूले नेपाल बन्दको घोषणा गरे

एमसीसीको विरोधमा बुधवार विभिन्न ६ राजनीतिक दलहरूले नेपाल बन्दको घोषणा गरेका छन् ।संसदमा एमसीसी टेबुल गराउने तयारी भएसँगै उनीहरूले बुधवार नेपाल बन्दको घोषणा गरेका हुन् ।

मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी केन्द्र समाजवादी तथा सीपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा नेपाल पार्टीले बन्द गराएका हुन्

शीर्ष समाचार

धेरै पढिएको