एमसीसी पारित गर्न कांग्रेसको ‘प्रेसर’

काठमाडौं, भोलि बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसी टेबल गर्ने नेपाली कांग्रेसले निर्णयपछि अहिले धेरैको ध्यान संसदतिर मोडिएको छ ।
कांग्रेसले यसअघि नै फागुन ४ गते बस्ने संसद बैठकमा एमसीसी टेबल गर्ने निर्णय गरेको हो । यद्यपि सरकारले लग्ने उक्त प्रस्ताव टेबल गर्ने नगर्ने भन्ने सभामुखसँग निर्णय अधिकार हुन्छ ।
भोलि १ बजे बोलाइएको सो बैठकको सम्भावित कार्यसूचीमा भने एमसीसी प्रस्ताव समावेश गरिएको छैन । तर पनि पनि कांग्रेसले लागि ‘प्रेसर’ दिइरहेको छ । तसर्थ यस विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले भोलि प्रतिनिधि सभा बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा एमसीसी टेबल गर्नेबारे छलफल हुनेछ भने सभामुख पनि त्यसमा बाधक बन्ने देखिदैन ।
प्रतिकृया दिनुहोस्