March 28, 2024, Thursday
२०८० चैत्र १५, बिहीबार

थप ६८० जनामा कोरोना पुष्टि, दुई संक्रमितको मृत्यु

काठमाडौं, मंगलबार नेपालमा थप ६८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पीसीआर र एन्टीजेन विधिबाट ७ हजार ९५ जनामा गरिएको परीक्षणमा ६८० जनामा संक्रमण देखिएको जनाएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४ हजार २५६ जनामा परीक्षण गर्दा ४९८ जना र एन्टिजेन विधिबाट २ हजार ८३९ जनामा परीक्षण गर्दा १८२ जनामा संक्रमण पुष्टि भएको हो ।

यसैगरी २४ घण्टामा कोरोना निको भई निको हुनेको संख्या १ हजार ८३५ पुगेको छ । सोही अवधिमा २ जनाको मृत्यु भएको छ ।

हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार ४०० रहेको छ भने पछिल्लो २४ घण्टामा ४३ हजार ८८१ जनाले खोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको