थप ७४७ जनामा कोरोना पुष्टि,८ जनाको मृत्यु
- हाम्रो कान्तिपुर
- २०७८ फाल्गुन २
काठमाडौं माग फागुन २ गते। गएको २४ घण्टामा नेपालमा ७४७ जना कोरोना संक्रमित थपिएका छन् । ८ हजार ६९६ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ४८२ जना र एन्टीजेन परिक्षण विधीबाट २६५ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । थप २३१९ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ९६.६ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ९०० जना पुगेका छन् ।
प्रतिकृया दिनुहोस्