June 6, 2023, Tuesday
२०८० जेष्ठ २३, मंगलवार

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर विरुद्ध महाअभियोग दर्ता

सर्बोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा विरुद्ध महाअभियोग दर्ता भएको छ । विहान ११ बजे महाअभियाेग दर्ता भएकाे संसद सचिवालयका प्रवक्ता राेजनाथ पाण्डेले बताउनुभयाे । साे प्रस्ताबमा सांसदहरू पुष्पा भुषाल, देब गुरूङ्ग र जीबनराम श्रेष्ठले हस्ताक्षर गरेका छन् । महाअभियाेग दर्तासँगै प्रधानन्यायाधीश स्वत निलम्बन हुनेछ ।

यस अघि २०७४ साल बैशाख १७ गते तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्की बिरूद्ध महाअभियाेगकाे प्रस्ताब दर्ता भएकाे थियाे ।आज महाअभियाेग दर्ता पछि पत्रकारहरूसँग कुरा गर्दै सांसद देब गुरूङले अदालत सुचारू गर्नु नभएकाे र भष्टाचारकाे अभियाेग लागेकाले महाअभियाेग दर्ता गरिएकाे बताए ।

माओवादी केन्द्रका प्रमुख सचेतक गुरुङले न्याय सम्पादनमा उहाँकाे असक्षमता र अयाेग्यता प्रष्ट देखिएकाले संविधानको संविधानको धारा १ सय १ को उपधारा २ बमोजिम महाअभियाेग कार्यविधि नियमन ऐन २०५९ काे दफा ३ काे उपधारा १ र २ बमोजिम संसदमा महाअभियोग दर्ता गरेको बताए ।

शीर्ष समाचार

धेरै पढिएको