May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

कांग्रेसको जिल्ला अधिवेशन फागुन १३ गते

नेपाली कांग्रेसको अधिवेशन हुन बाँकी जिल्ला कार्यसमितिको अधिवेशन फागुन १३ गते हुनेभएको छ । १४औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व चयन गरेको तीन महिना बितिसके पनि १६ जिल्लाको अधिबेशन अझै हुन सकेको छैन ।

आन्तरिक विवादका कारण सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, नवलपुर, बाँके, कैलाली र अछाम जिल्लाको अधिवेशन हुन बाँकी छ । कांग्रेस केन्द्रीय निर्वाचन समितिको निर्णयअनुसार उल्लेखित १६ जिल्लाअन्तर्गत प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनबाट निर्वाचित हुने महासमिति सदस्यको निर्वाचन हुन बाँकी भएमा फागुन १३ गते नै सम्बन्धित क्षेत्रको महाधिवेशन प्रतिनिधिमध्येबाट महासमिति सदस्यको निर्वाचनसमेत सम्पन्न गर्ने निर्णय भएको छ ।

निर्वाचन समितिले जिल्ला कार्यसमितिको निर्वाचन सम्पन्न भइसकेका तर कुनै वडा, पालिका, प्रदेशसभा क्षेत्र र महासमिति सदस्यको निर्वाचन हुन बाँकी रहेका पद र तहको निर्वाचन तोकिएको मापदण्डभित्र रही २०७८ फाल्गुण १० गतेभित्र सम्पन्न गर्नका लागि सम्बन्धित जिल्ला कार्यसमितिलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय पनि गरेको छ ।

शीर्ष समाचार

धेरै पढिएको