
काठमाडौं, पछिल्लो २४ घण्टामा नेपालमा थप ४६८ जनामा कोरोना पुष्टि भएको छ भने कुल सङ्क्रमितको २६ हजार १९ सङ्ख्या पुगेको छ । योसँगै देशभर क्वारेन्टाइनमा रहनेको सङ्ख्या १४ हजार ४४८ रहेको छ ।
नेपालमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या १०२ पुगेको छ । हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कुल सङ्ख्या १७ हजार २०१ रहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयका प्रबक्ता प्रा.डा. जागेश्वर गौतमले नियमिय प्रेस ब्रीफिङमा बताएका छन । हालसम्म पिसिआर टेस्ट पाँच लाख नागेको छ ।





