September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

सरकारले १८ वर्ष उमेर पूरा भएका सबैलाई बुस्टर डोज दिने

file photo

काठमाडौं, १८ वर्ष उमेर पूरा भएका सबैलाई सरकारले बुस्टर डोज भ्याक्सिन दिने भएको छ । आज स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आफूले मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालयले गरेको कार्यप्रगति विवरण सार्वजनिक गर्दै १८ वर्ष पूरा भएका सबैलाई बुस्टर डोज दिइने जानकारी दिएका हुन् ।

यहीँ माघ २७ गतेदेखि १८ वर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज खोप प्रदान गर्ने निर्णय भइसकेको र उनले फागुन १ बाट दोस्रो डोज भ्याक्सिन लगाएको कार्डको आधारमा बुस्टर डोज लगाउन पाउने बताएका छन् ।

१२ देखि १७ वर्ष उमेर समूहका करिब ३४ लाख बालबालिकालाई खोप दिने कार्य सुरु गरिएको मन्त्री खतिवडाले भने ।

विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा हाल सबै गर्भवती महिलालाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको उनको भनाइ छ ।

शीर्ष समाचार

धेरै पढिएको