May 31, 2023, Wednesday
२०८० जेष्ठ १८, बिहीबार

हामी कसैलाई चुनावबाट भाग्न दिदैनौं र चुनाव जित्छौं: ओली

file photo

काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावबाट कसैलाई भाग्न नदिने र चुनाव पनि आफैंले जित्ने दाबी गरेका छन् ।

शुक्रबार उनले पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै भने,‘हामी कसैलाई चुनावबाट भाग्न दिदैनौं र चुनाव जित्छौं ।’

यस्तै उनले सत्ता गठबन्धनमा चुनाव हुन नदिने र रोक्न खोज्नेहरु भएको टिप्पणी गरेका छन् । चुनाव हुन नदिने षड्यन्त्रलाई असफल बनाएर बहुमत हासिल गर्ने उनको भनाई छ ।

यसैगरी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालतर्फ संकेत गर्दै ओलीले चुनाव हुन नदिने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको