June 3, 2023, Saturday
२०८० जेष्ठ २०, शनिबार

एमसीसीमा परियोजना संसद्बाट अघि बढाउन कांग्रेस एकमत

अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा सत्तारूढ दलहरू विभाजित भइरहेका बेला प्रमुख सत्ताधारी दल नेपाली कांग्रेस भने सो परियोजना संसद्बाट अघि बढाउन एकमत भएको छ ।

बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले अमेरिकी सहयोग परियोजना एमसीसीलाई आगामी संसद् बैठकबाट अघि बढाउने निर्णय गरेको हो ।

कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले कांग्रेस एमसीसीका विषयमा प्रस्ट रहेको र संसद् बैठकमा सो प्रस्ताव सरकारलाई अघि बढाउन आग्रह गरिएको जानकारी दिए ।

‘कांग्रेसले सबै दललाई एमसीसीलाई संसद्मा लैजाने विषयमा सहयोग गर्न आग्रह गरेको छ,’ कांग्रेस प्रवक्ता महतले भने । महतले एमसीसी संसद्बाट बहुमतले पारित हुनेसमेत दाबी गरेका छन् । राजधानी दैनिकबाट

शीर्ष समाचार

धेरै पढिएको