एमसीसी अगाडि बढाउनुपर्नेमा काँग्रेसको जाेड

नेपाली काँग्रेसकाे बैठकले अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता अगाडि बढाउनुपर्ने निष्कर्ष निकालेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले यस्तो निष्कर्ष निकालेको नेता डा. शशांक कोइरालाले जानकारी बताए ।
बैठकमा पूर्वअर्थमन्त्री एवम् केन्द्रीय सदस्य डा. रामशरण महतले एमसीसी विशुद्ध विद्युत र बाटोको विकासका लागि भएको बताएका छन् ।
बैठकमा पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको अग्राहमा नेता महतले एमसीसीबारे जानकारी गराएको हो। बैठकले स्थानीय तहको निर्वाचन र भातृ एवम् शुभेच्छुक संगठनको अधिवेशनको विषयमासमेत छलफल गरेको छ।
‘बैठकमा एमसीसी पास गर्नुपर्छ भन्ने विषयमा छलफल भयो।भातृ एवम् शुभेच्छुक संगठनको केही स्थानीय चुनाव अघि र केहीलाई चुनावपछि पूर्णता दिने छलफल भएको छ ।
प्रतिकृया दिनुहोस्