January 26, 2023, Thursday
२०७९ माघ १३, शुक्रबार

एमालेको संशोधित नियमावली र जनसंगठनको निर्देशिका जारी (पूर्ण पाठसहित)

नेकपा एमालेले पार्टी नियमावली (चौथो संशोधन) र जनसंगठन समन्वय सम्बन्धि निर्देशका २०७८ जारी गरेको छ । संशोधित पार्टी नियमावलीमा यसअघि गरिएको पार्टी विभागहरुको आकार बढाइएको छ ।

नियमावलीको चौथो संशोधनले एमालेका ३३ विभागमा प्रमुख, उपप्रमुख र सचिवसहित २५ सदस्यबाट बढाएर ३५ सदस्य रहने बनाएको छ । त्यस्तै विभागका सचिव यसअघि सदस्यहरुबाट छानिने व्यवस्था गरेको एमालेले अब भने केन्द्रीय कमिटी बाटै मनोनयन गर्ने व्यवस्था गरेको छ ।

संशोधित नियमावलीमा पार्टी सदस्यता शूल्क मासिक १५ रुपैयाँ निर्धारण गरेको छ । त्यसैगरी नियमावलीमा सबै तहका पार्टी कमिटीका पदाधिकारी तथा सदस्यहरुले आफ्नो कार्यक्षेत्रबाट बाहिर जानु परेमा अध्यक्षलाई जानकारी दिनुपर्ने व्यवस्था थपेको छ ।

एमालेले अन्य वैकल्पिक स्रोत नभएका र पूर्णकालिन रुपमा पार्टीको राजनीतिक तथा प्रशासनिक कार्यमा संलग्न पदाधिकारी, सदस्य कार्यलय सचिव र कर्मचारीलाई पारिश्रमिक दिनेछ ।

amale-Janasangathan_Nirdeshika_2078

शीर्ष समाचार

धेरै पढिएको