प्रधानमन्त्री देउवा, अध्यक्षद्वय दाहाल र नेपालबीच छलफल

प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार भएको भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । प्रधानमन्त्रीसँगको भेटमा मुलुकमा पछिल्लोपटक ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’ (एमसिसी) संसदबाट पारित गर्नुपर्ने विषयमा प्रमुख दलहरुबीच बहस जारी छ ।
यसैगरी नेपाल सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने निर्णय गरेपछि त्यसको तयारीबारे सत्ता गठबन्धनका दलहरुबीच विभिन्न चरणमा छलफल पनि जारी छ ।
प्रतिकृया दिनुहोस्