May 28, 2023, Sunday
२०८० जेष्ठ १४, आईतवार

नेपाली राजदूतावास मलेसियाबाट विद्युतीय राहदानी दिन शुरु

मलेसिया क्वालालम्पुर माग २६ गते । नेपाली राजदूतावास, मलेशियाबाट आज माग २६ गते वुधवार ९ फेब्रुअरी २०२२एक कार्यक्रमका बीच विद्युतीय राहदानीको लाइभ इनरोलमेन्ट शुरुवात गरिएकाे छ।

मलेसियामा २ लाख भन्दा वढी नेपालीहरु वैदेशिक रोजगारीमा आवद्ध भएको परिप्रेक्ष्यमा निजहरुको सम्मान गर्दै वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा आई लामो समयदेखि सामान्य कामदारको रुपमा कार्यरत रही आफ्नो राहदानी नवीकरण गर्न आउनु भएका सेवाग्राही श्री श्यामकुमार चौधरीको राहदानी नवीकरणको लाइभ इनरोलमेन्ट गरी कार्यक्रमको शुरुआत गरिएको थियो।

राहदानी विभागबाट उनको राहदानी प्रिन्ट समेत गरेर सफलतासाथ परीक्षण गरिएको हाे। दूतावासले पहिलो दिनमै ३३ जना व्यक्तिहरुको राहदानी नवीकरणको लागि लाइभ इन्‍रोल्मेण्ट गरेको छ।

राजदूतावासले शुरुको एक हप्ता सीमित सेवाग्राहीलाई अनलाइन बुकिङ्गको आधारमा सेवा प्रदान गर्ने र सो पश्चात नियमित रुपमा विद्युतीय राहदानी जारी गर्ने कार्यक्रम रहेको छ। यस सम्बन्धी सूचनाहरु राजदूतावास तथा राहदानी विभागले वेभसाइट तथा फेसबुक मार्फत जानकारी गराउने छ।

विद्युतीय राहदानी शुरुवात कार्यक्रममा नेपालबाट भर्चुअल माध्यमबाट राहदानी विभागका महानिर्देशक श्री डोरनाथ अर्यालले भाग लिनु भएका थिए। त्यस्तै उक्त कार्यक्रममा नेपाली राजदूतावास मलेशियाका कार्यवाहक राजदूत मोतिबहादुर श्रीस,राजदूतावासका कर्मचारीहरु, आइडिमिया कम्पनीका कार्यक्रम निर्देशक श्री एल्भिन चाय, मलेसियामा कार्यरत गैर आवासीय नेपाली संघ लगायतका विभिन्न संघ सस्थाका प्रतिनिधिहरु र सेवाग्राहीको उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा कार्यवाहक राजदूत श्री मोतिबहादुर श्रीसले सेवाग्राहीको चाँपलाई सहजरुपमा व्यवस्थापन हुनेगरी सेवा प्रवाहको स्टेशनहरुको व्यवस्थापन गर्ने प्रतिबद्धता व्यक्त गरे।

राहदानी विभागका महानिर्देशक अर्यालले भर्चुअल माध्यमबाट बोल्दै उपकरणहरु पुग्दासाथ विद्युतीय राहदानी जारी गर्न सफल भएकोमा नेपाली राजदूतावास परिवारलाई धन्यवाद ज्ञापन गरेका हुन् ।अब मलेशियाबाट विद्युतीय राहदानी मात्र जारी  हुनेछ ।

शीर्ष समाचार

धेरै पढिएको