October 2, 2023, Monday
२०८० आश्विन १६, मंगलवार

इरानको आणविक सम्झौताबारे छलफल

इरानसँगको सन् २०१५ मा गरिएको भनिएको आणविक सम्झौतका बारेमा आजदेखि भियनामा छलफल हुने भएको छ । सो कुराको जानकारी युरोमियन युनियनको कूटनीतिक सेवाले जानकारी दिएको छ ।

सो सेवाले दिएको जानकारी अनुसार भिएनामा आज यस विषयमा छलफल हुन लागेको हो ।उक्त सम्झौताको बृहत् कार्ययोजनाका विषयमा यसका साझेदारहरुका बीचमा मङ्गलबार कुराकानी हुने बताइएको हो ।

उक्त सम्झौतको प्रभावकारी रुपमा कार्यान्वयन गर्ने र त्यस सम्झौतमा अमेरिकी संलग्नतका बारेमा पनि कुराकानी हुने सो सेवाले सोमबार एक विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएको हो ।यस सम्झौताको सही कार्यान्वयनका लागि समय समयमा आवश्यक छलफल भएको भए पनि इरानका कारणले समस्या उत्पन्न भएको अमेरिकाले जनाएको छ ।

इरानले भने अमेरिका सो सम्झौताबाट उम्किन खोजेको भन्दै अमेरिकाकै कारणले सो सम्झौताको कार्यान्वयन हुन नपाएको बताउँदै आएको छ ।

शीर्ष समाचार

धेरै पढिएको