February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

थप १ हजार ९५७ जनामा कोरोना पुष्टि,११ जनाको मृत्यु

काठमाडौं माग २५ गते। गएको २४ घण्टामा नेपालमा १ हजार ९५७ जना कोरोना संक्रमित थपिएका छन् । १२ हजार ६९२ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ११८४ जना र एन्टीजेन परिक्षण विधीबाट ७७३ जना संक्रमित थपिएका हुन् ।

त्यस्तै गत २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ । थप ५१०३ जना संक्रमित डिस्चार्ज भएका छन् ।

हालसम्म नेपालमा कुल संक्रमितमध्य ९५.१ प्रतिशत डिस्चार्ज भैसकेका छन् । नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ८३८ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको