
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का भूतपूर्वअध्यक्ष कमल थापाले पार्टी परित्यागको घोषणा गरेका छन् ।आज हेटौंडा पुगेर पार्टीबाट अलग हुने निर्णय गरेको बताए ।
विज्ञप्तिमार्फत थापाले पार्टीभित्र देखा पर्न थालेको सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर बाँकी राजनीतिक जीवन पार्टीभित्रै बिताउने र रमाउने चाहना भए पनि आफ्नो कुराको सुनुवाइ नभएपछि अप्रिय निर्णय गर्न बाध्य भएको उल्लेख गरेका छन् ।
थापा केही महिना पहिले सम्पन्न राप्रपाको महाधिवेशनमा अध्यक्ष पदमा राजेन्द्र लिङ्देनसँग पराजितभएका थिए ।







