चुनावपछि मात्रै एमसिसी अघि बढाउन प्रचण्डको प्रस्ताव

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आउने चुनावपछि मात्रै अमेरिकी सहयोग परियोजना (एमसिसी) संसदबाट अघि बढाउन प्रस्ताव गरेका छन्। आज बालुवाटारमा तीन शिर्ष नेताबीचको भेटवार्तामा उनले यथास्थितिमा एमसीसी पारित गर्न तयार नभएको बताएका छन् ।बैठकबारे जानकारी दिदै भेटवार्तामा सहभागी एमाले महासचिव शंकर पोखरेलले प्रचण्डबाट एमसीसी चुनाव पछि लगौं भन्ने प्रस्ताव आएको जानकारी दिए ।
उनले एमसीसीबारे भने,‘पुष्पकमल दाहाल प्रचण्डबाट चुनाव पछि गर्नु उचित हुन्छ भन्ने प्रस्ताव आयो ।’ प्रचण्डले प्रतिपक्षले सदन सुचारु गर्न सहयोग गर्नुपर्ने समेत बताएको उल्लेख गरे ।
सत्ता पक्षले एमसीसीबारे स्पष्ट हुनुपर्छ भन्ने राय राखेका छौं । पोखरेलले एमाले अनिर्णय भएर नबस्ने बताए । उनले सत्तापक्षले भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । सभामुखको भूमिकाका कारण प्रतिनिधि सभामा उपस्थिति हुन समस्या आएको बताए ।
प्रतिकृया दिनुहोस्