
कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) हराएका खोप कार्ड बनाइदिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई सिफारिस गरेको छ ।
सार्वजनिक स्थानमा अनिवार्य खोप कार्डको माग हुने भएकाले हराएकाहरुलाई यथाशक्य कार्ड बनाइदिन सिफारिस गरेको सीसीएमसी प्रवक्ता सुनिता नेपालले जानकारी दिनुभयो ।खोप कार्ड हराएपछि फेरि कार्डकै लागि खोप लगाएको समाचार आएको थियो ।







