
गाईवस्तुलाई घाँस लिन घरको छतमा गएकी नाम्खा गाउँपालिका-५ मुच तुम्कोटकी ५५ वर्षीया छिरिङ तामाङ सख्त घाइते हुनुभएको थियो ।
तीनदेखि उपचार नपाएर छटपटाएकी तामाङलाई फिस्टेल एयरको हेलिकप्टरबाट काठमाडौं ल्याइएको हो। महँगो रकम तिरेर नाम्खा गाउँपालिका- ५ मुचु तुमकोटबाट उपचार काठमाडौं लगिएको उहाँका श्रीमान तन्जन तामाङले जानकारी दिनुभयो ।
घाँस लिन घरको छतबाट खसेर ढाडको हड्डी भाँचिएको उहाँका श्रीमान तन्जनले बताउनुभयो ।
काठमाडौं उपचार गर्न हेलिकप्टर भाडा आठ लाखमा उद्वार भएको जनाइएको छ ।







