April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

देउवा, ओली र दाहालबीच छलफल

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट सुरु भएको छ ।प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न ४ बजेदेखि भेट सुरु भएको हो ।

आगामी स्थानीय तह निर्वाचन र अमेरिकी आर्थिक सहायता मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौतालगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरुबीच भेट सुरु भएको हो ।

अध्यक्ष ओली प्रधानमन्त्रीबाट बाहिरिएपछि ७ महिनापछि पहिलोपटक बालुवाटार जानुभएको हो ।बैठकमा एमाले महासचिव शंकर पोखरेल र सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि उपस्थिति छ ।

शीर्ष समाचार

धेरै पढिएको