September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

अविरल वर्षाका कारण देशभर पाँच जनाको मृत्यु

काठमाडौं, बिहीबार र शुक्रबार भएको अविरल वर्षाका कारण मुलुकभर पाँच जनाको मृत्यु भएको छ ।

यहीँ माघ २१ गतेबाट २२ गते बिहानसम्म २८ वटा विपद्का घटनामा ११ जना घाइते हुनुका साथै करिब ९४ लाख बराबरको अनुमानित क्षति पुगेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापक प्राधिकरणले जनाएको छ ।

यसैगरी धनुषाको सबैला नगरपालिका-१२ श्री फकिरचन उ.मा.वि.को प्राङ्गणमा रहेको मसालाको रूख हावाहुरीको कारण भाँचेर टाउकोमा लाग्दा वर्ष ८ की एक बालिकाको घटनास्थलमै मृत्यु भएको सोही स्थानका वर्ष ७ का एक बालकको उपचारको लागि लैजाने क्रममा बाटोमा ज्यान गएको ।

सुर्खेतको भेरीगंगा नगरपालिका-११ साँदीखोला निवासी ३५ वर्षकी एक महिला छतमा निस्कने क्रममा चट्याङ्ग लागी गम्भीर घाइते भएकी उनको उपचारको क्रममा मृत्यु भएको छ ।

यस्तै सल्यानको बनगार कुपिण्डे नगरपालिका-७ लामसरा बस्ने वर्ष ४० की एक महिला भान्सा कोठामा बसिरहेको अवस्थामा चट्याङ्ग परी घटनास्थलमै मृत्यु भएको छ ।

प्राधिकरणक अनुसार रौतहटको बौधीमाई नगरपालिका-१ अजगैबी बस्ने बर्ष ४५ कि एक महिला गोठमा बसिरहेको अवस्थामा अबिरल वर्षाको कारण गोठ भत्की च्यापिएर घाइते भई उपचारको लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको तथा २ वटा बाख्रा समेत मरेको प्राधिकरणले जनाएको छ ।

शीर्ष समाचार

धेरै पढिएको