October 2, 2023, Monday
२०८० आश्विन १५, सोमबार

प्यूठानमा बेहुली लिएर फर्कदै गरेको जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु, ५ घाइते

प्युठान, प्यूठानमा विवाहका लागि बेहुली लिएर फर्कदै गरेको सवारी जीप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छ ।दुर्घटनाग्रस्त जीप सडकदेखि करिब ३ सय मिटर तल खोलामा खसेको थियो ।

गौमुखी गाउँपालिका अध्यक्ष विष्णु कुमार गिरीका अनुसार गए राती १ बजे ग १ ज ५०९३ नम्बरको जीप गौमुखी गाउँपालिका–६ ओखरपाटामा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गौमुखी गाउँपालिका–६ का स्थानीय एकै घरका श्रीमान बसन्त खड्का, श्रीमती बसन्ता खड्का, छोरी एलिशा खड्का रहेका छन् भने सोही ठाउँकी केशरी खड्का, नन्दी खड्का, खिम खत्री, बले बुढा मगर रहेका छन् । यसैगरी एक जना लुङका व्यक्तिको पहिचान हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार दुर्घटनामा घाइते भएकाहरुको हाल प्यूठान अस्पताल बिजुवारमा उपचार भइरहेको छ ।

शीर्ष समाचार

धेरै पढिएको