February 1, 2023, Wednesday
२०७९ माघ १८, बुधबार

थप २ हजार ५२६ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौं, शुक्रबार नेपालमा थप २ हजार ५२६ जनामा कोरोना संक्रमण देखिएको छ । ११ हजार ७३ जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट १६०२ र एन्टिजेनबाट ९२४ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ हजार ४२५ संक्रमित कोरोनामुक्त भएका छन् ।

सोही अवधिमा थप १६ जना संक्रमितको मृत्यु भएको छ । हाल मुलुकभर ५६ हजार ४५७ सक्रिय संक्रमित रहेका छन् । 

शीर्ष समाचार

धेरै पढिएको