March 29, 2024, Friday
२०८० चैत्र १६, शुक्रबार

१८ करोड राजस्व चुहावटको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर

काठमाडौं, राजस्व चुहावट गरेको अभियोगमा राजस्व अनुसन्धान विभागले चार जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागले शुक्रबार विज्ञप्ति जारी गर्दै ब्रिङ मिडिया डिष्ट्रिव्यूसयन प्रालिका संचालक चन्द्रबहादुर अधिकारी, सोही मिडिया डिष्ट्रिव्यूसनका व्यवस्थापक सुरेन्द्र क्षेत्री र सुमन क्षेत्रीविरुद्ध राजस्व छली गरेको अभियोगमा उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

यसैगरी स्टार इन्डिया प्रालि भारतका आधिकारिक विक्रेता जुपिटर मिडिया प्राली भारतका प्रोपाइटर अञ्जली अरोराविरुद्ध पनि मुद्दा दायर गरेको हो ।

१८ करोड २७ लाख ८३ हजार ७ सय ५२ रुपयाँ राजस्व छली गरेको अभियोगमा उनीहरुविरुद्द मुद्दा दायर गरेको विभागले जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको