मुलुकका विभिन्न स्थानमा हिमपात, जनजीवन कष्टकर

हुम्ला, पछिल्लो समय मुलुकका विभिन्न स्थानमा भारी हिमपात भएको छ । यसैगरी हिमपात हुँदा हुम्लाको जनजीवन कष्टकर बनेको छ ।
स्थानीयका अनुसार हिमपातका कारण हवाईउडान समेत अवरुद्ध भएको छ भने नेपालगञ्ज र सुर्खेतबाट उडानमार्फत गरिँदै आएको खाद्यन्न हिमपातका कारण बन्द भएको छ ।
यसैगरी हिमपातपछि सरकारी तथा गैरसरकारी कार्यालयको सेवा प्रभावित बनेको छ । यस्तै सिन्धुपाल्चोकका लेकाली क्षेत्रमा हिमपात भएको छ ।
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२ शेर्माथान, मेलम्ची घ्याङ, किउल, पाँचपोखरी गाउँपालिकाको पाँचपोखरी कुण्ड, भोटेकोशीको भैरवकुण्ड, बाह्रबिसे नगरपालिकाको ओमपार्क, लिसंखुपाखर गापाको मुडे, त्रिपुरासुन्दरी गापाका जलजले क्षेत्रमा हिमपात भएको छ ।
प्रतिकृया दिनुहोस्