September 29, 2023, Friday
२०८० आश्विन १२, शुक्रबार

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेत्रविक्रम चन्द संगठको माग

नेपाल आयल निगमले गरेको पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनवर्गिय संगठनले माग गरेको छ ।

पेट्रोलियम पदार्थको मुल्यवृद्धि खारेज गर्न माग गर्दै संगठनले आज कोण सभाको आयोजना गरेको थियो । दलाल संसदिय व्यवस्था मुर्दाबाद, संयुक्त जबस जिन्दाबाद, राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर, सबैखाले महंगी नियन्त्रण गर लगायतका प्लेकार्ड बोकेर कार्यकर्ताहरु प्रदर्शनमा उत्रिएका थिए ।

निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर तीन÷तीन रुपैयाँ मूल्य बढाएको जनाएको थियो । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ।

यस्तै, निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रूपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ।

शीर्ष समाचार

धेरै पढिएको