थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण, १२ जनाको मृत्यु

काठमाडौं, बुधबार नेपालमा थप ३ हजार ६३७ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । मुलुकभर ११ हजार ५८२ जनामा गरिएको परीक्षणमा ३ हजार ६३७ जनामा कोरोना पुष्टि भएको हो ।
स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४९९ पीसीआर परीक्षणमा २ हजार २०५ र ५ हजार ८३ परीक्षणमा १ हजार ४३२ जनामा संक्रमण देखिएको हो ।
यसैगरी गत २४ घण्टामा ७ हजार ५५५ जना निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना निको हुनेको कुल संख्या ८ लाख ७८ हजार ७२० पुगेको छ ।
सोही अवधिमा १२ जना संक्रमितको मृत्यु भएको छ भने अवधिमा ८ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या ६९ हजार २९१ रहेको छ ।
प्रतिकृया दिनुहोस्