April 18, 2024, Thursday
२०८१ बैशाख ७, शुक्रबार

ल्होसारले राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत गर्ने राष्ट्रपतिको विश्वास

काठमाडौं, तामाङ समुदायको पर्व सोनाम ल्होसारका अवसरमा सुख, शान्ति र समृद्धिका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना दिएकी छन् ।

नेपालका विभिन्न भागमा बसोबास गर्ने तामाङसहित ह्योल्मो, थकाली, जिरेल, नेस्याङ्वा, भोटे, दुरा, लेप्चा आदि जातिले समेत आ–आफ्नै शैली र परम्पराअनुसार सो पर्व मनाउँदै आएको पाइन्छ ।

राष्ट्रपति भण्डारीले यस प्रकारका चाडपर्वले हाम्रो मौलिक सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्दै मौलिक पहिचान अभिवृद्धि गर्नसमेत सहयोग पुर्‍याइरहेको बताएकी हुन् ।

उनको शुभकामना सन्देशमा भनिएको छ, ‘बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसारजस्ता पर्वबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन मद्दत पुग्नेछ भन्ने विश्वास लिएको छु’ ।

शीर्ष समाचार

धेरै पढिएको