June 15, 2024, Saturday
२०८१ असार २, शनिबार

राष्ट्रपति भण्डारीसमक्ष निर्वाचन आयोगको वार्षिक प्रतिवेदन पेश

file photo

काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नेपालको संविधानको धारा २९४ को उपधारा (१) बमोजिम निर्वाचन आयोगको आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन आज पेश गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यक अनुसार राष्ट्रपति भवनमा सोमबार आयोजित समारोहमा राष्ट्रियसभा सदस्य निर्वाचन ऐन, २०७५ को दफा ६० बमोजिम राष्ट्रियसभा निर्वाचन २०७८ को निर्वाचन परिणामसहितको प्रतिवेदन पनि पेश गरिएको हो ।

शीर्ष समाचार

धेरै पढिएको