July 19, 2024, Friday
२०८१ श्रावण ४, शुक्रबार

प्रधानमन्त्री देउवा र प्रचण्डबीच वान टु वान वार्ता

काठमाडौं, प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार देउवा र दाहालबीच भेटवार्ता भएको हो ।

दाहालका स्वकीय सचिव रमेश मल्लका अनुसार उनीहरुबीच वान टु वान कुराकानी भएको हो भने के के छलफल भएको भन्ने खुलाइएको छैन ।