तेल निकासमा वृद्धि: ६ महिनामै २६ अर्बको तेल भित्रीयो
काठमाडौं, पछिल्लो समय वीरगन्ज नाकाबाट भटमास, पाम र सूर्यमुखीको प्रशोधित तेल निकासी ह्वात्तै बढेको छ । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा यी ३ प्रकारका तेलको निकासी बढेको हो ।
वीरगन्ज भन्सार कार्यालयको तथ्यांक अनुसार चालु आवको ६ महिनामै सो नाका हुँदै २६ अर्ब रुपैयाँ बढी मूल्यको यी तेल निकासी भएको छ । कच्चा तेल ल्याउने र नेपालबाट प्रशोधन गरेर बाहिरिने गरेको छ । सबैभन्दा बढी निकासी हुने वस्तुहरुको सूचीमा भटमास र पाम तेल क्रमश पहिलो र दोस्रो नम्बरमा तथा सूर्यमुखीको तेल चौथो नम्बरमा रहेका छन् ।
चालु आवको पुस मसान्तसम्ममा यो नाकाबाट २२ अर्ब १० करोड ४३ लाख ३७ हजार रुपैयाँ बराबरको ९ करोड २० लाख किलो भटमासको तेल निकासी भएको छ । तुलनात्मक रुपमा अनुसरण गत आवको यसै अवधिमा ११ अर्ब ५५ करोड रुपैयाँ बराबरको ७ करोड ८३ लाख किलो भटमासको तेल निकासी भएको थियो । यसको निकासी ११ प्रतिशतले बढेको हो
चालु आवको पुस मसान्तसम्ममा यो नाका हुँदै २ अर्ब १६ करोड १० लाख रुपैयाँ बराबरको १० करोड ४७ लाख किलो पाम तेल निकासी भएको छ भने गत आवमा १ अर्ब ७८ करोड २३ लाख रुपैयाँ बराबरको ८९ लाख ४० हजार किलो सूर्यमुखीको प्रशोधित तेल निकासी भएको थियो ।
नेपाली उद्योगीहरुले विभिन्न देशबाट भटमास, पाम र सूर्यमुखीको कच्चा तेल आयात गरी त्यसलाई प्रशोधन गर्ने गरेको वीरगन्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले सञ्चारमाध्यमलाई जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस्