
काठमाडौं, वैदेशिक रोजगार विभागले विभागका अत्यावश्यक बाहेकका सबै सेवा तत्कालका लागि स्थगन गरेको छ । विभागले उपत्यकामा कोरोनाको जोखिम बढेसँगै एक सूचना जारी गर्दै विभागले अत्यावश्यक कामबाहेक अन्य सेवा स्थगन गरेको छ। वैदेशिक रोजगार बोर्डको सचिवालयले बोर्डबाट प्रदान गर्ने आर्थिक सहायता १५ दिनका लागि स्थगित गर्ने जानकारी दिएका छन ।
विभागले संस्था दर्ता शाखाबाट प्रदान गरिने सेवाहरूमध्ये इजाजतपत्र नवीकरणको निवेदन र प्रगति विवरण बुझ्ने तर नवीकरण भइसकेका इजाजतपत्र अर्को सूचना जारी भएपछि मात्र प्रदान गर्ने निर्णय गरेको छ । सवारी पास रद्द गर्ने निर्णय गरेसँगै बोर्डले प्रदान गर्दै आएको आर्थिक सहायता बापतको रकम पनि यही साउन ३२ गतेदेखि भदौँ १५ गतेसम्म स्थगत गर्ने जनाएको छ ।
वैदेशिक रोजगार नियमावलीले गत वर्षदेखि नै स्थानीय निकायमार्फत आर्थिक सहायता लिन सक्न व्यवस्था गरे पनि अधिकांश आर्थिक सहायताका लागि बोर्डमा नै आउने गरेका छन् । कोरोना महामारीका बेलामा सङ्क्रमण जोखिम हुने भएकाले सम्बन्धित स्थानीय निकायबाटै आर्थिक सहायताका लागि निवेदन दिन बोर्डले आग्रह गर्दै आएको छ ।





