सत्ता गठबन्धनको निर्णय: जेठभित्रै स्थानीय तहको चुनाव गर्ने

काठमाडौं, सरकारलाई जेठ महिनाभित्र स्थानीय तहको चुनाव सम्पन्न गर्न सत्ता गठबन्धनले सुझाव दिने निर्णय गरेको छ । शनिबार बसेको गठबन्धन बैठकपछि पत्रकारसँग कुरा गर्दै सरकारका प्रवक्ता समेत रहेका कांग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले जेठ महिनाभित्र स्थानीय चुनाव सम्पन्न हुने बताएका हुन् ।
उनका अनुसार मिति तोक्नका लागि सरकारलाई निर्वाचन आयोगसँग छलफल गरी तय गर्न सुझाव दिएको छ । जेठ महिनाभित्र मै स्थानीय तहको निर्वाचन सम्पन्न हुने उनले बताए ।
यसैगरी संविधानसँग बाँझिएका कानूनहरुलाई संशोधन गर्नुपर्ने भए त्यसको तयारीका लागि पनि सरकारलाई सुझाव दिइएको छ ।
प्रतिकृया दिनुहोस्