September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

काठमाडौं, स्थानीय निर्वाचनको मिति तय गर्ने विषयमा सत्तारुढ गठबन्धनको छलफल जारी छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार साँझ साढे ४ बजेबाट कानुनविद्हरुसहित गठबन्धनका नेताहरुले छलफल गरिरहेका छन् ।

सो छलफलमा प्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहित गठबन्धनका शीर्ष नेताहरु सहभागी छन् ।

आज बिहानको बैठकमा प्रधानमन्त्री देउवाले तत्काल स्थानीय निर्वाचन गर्नुपर्ने प्रस्ताव गरेका थिए । यद्यपि उक्त निर्वाचनको मितिका सन्दर्भमा गठबन्धनभित्रका दलहरुले असन्तुष्ट जनाएका छन् ।

यसैगरी कानुनविद्हरुसँग समेत छलफल गरेर गठबन्धनभित्र समान धारणा बनाउन प्रयासरत रहेको बैठकमा उपस्थित एक नेताले जानकारी दिएका छन् ।

शीर्ष समाचार

धेरै पढिएको