September 24, 2023, Sunday
२०८० आश्विन ७, आईतवार

सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

;efd’vsf] kbaxfnL sf7df8f}F, !# df3 -/f;;_ M gjlgjf{lrt ;efd’v clUgk|;fb ;fksf]6f ;f]daf/ l;+xb/jf/df kb jxfnL kl5 ;~rf/sdL{ ;Fu k|lts[of lbg’x’Fb} . t:jL/ M gjLg kf}8]n , /f;; .

काठमाडौं, माघ सभामुख अग्निप्रसाद सापकोटाले आइतबार कार्यव्यवस्था परामर्श समितिको बैठक बोलएका छन् । सभामुख सापकोटाका प्रेस विज्ञ श्रीधर न्यौपानेका अनुसार आइतबार बिहान ११ बजे सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाइएको हो ।

सङ्घीय संसद्को बैठक आइतबार १ बजेका लागि बोलाइएको छ । उक्त बैठकको सम्भावित कार्यसूचीमा शहीद दिवसका अवसरमा सम्पूर्ण ज्ञात–अज्ञात सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यसूची रहेको छ ।

यसैगरी प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारू आयोगको तेस्रो वार्षिक प्रतिवेदन आव २०७७÷७८’ पेश गर्नेछन् । सभामुख सापकोटाले २०६४ को संविधानसभामा समानुपातिक तर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाप्रति श्रद्धाञ्जलि अर्पण गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।

शीर्ष समाचार

धेरै पढिएको