April 19, 2024, Friday
२०८१ बैशाख ८, शनिबार

आजबाट हट्यो सवारी साधनमा लगाइएको जोरबिजोर प्रणाली

काठमाडौं, काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा लगाइएको जोरबिजोर प्रणाली आजबाट हटेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले आदेश जारी गर्दै गएरातिदेखि उक्त प्रणाली हटाएको जनाएको हो ।

जारी आदेश अनुसार ट्याक्सी र निजी सवारी (दुई पांग्रे)मा भने जोरबिजोर प्रणाली यथावत रहने जनाइएको छ ।

यसैगरी बस, माइक्रो र टेम्पोमा जोरबिजोर प्रणाली हटेको छ । यसअघि शुक्रबार बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को बैठकले ट्याक्सी र निजीबाहेकका सार्वजनिक सवारीमा जोरबिजोर प्रणाली हटाउन सिफारिस गर्ने निर्णय गरेको थियो ।

शीर्ष समाचार

धेरै पढिएको