संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत: कमल थापा

काठमाडौं, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापाले कुनै पनि तहको सरकार निर्वाचित जनप्रतिनिधिविहिन हुने कल्पना संविधानमा नभएको बताएका छन् ।
उनले शुक्रबार सामाजिक सञ्जालमार्फत कुनै पनि बहानामा चुनाव सार्न नहुने बताएका हुन् । संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुने उनले जिकिर गरेका छन् ।
उन्ले फेसबुकमा थापाले लेखेका छन्, ‘संविधानमा तिनतहको सरकारको व्यवस्था छ । कुनै पनि तहको सरकार निर्वाचित प्रतिनिधिविहीन हुने परिकल्पना संविधानमा छैन । यही मान्यताअनुसार पदावधि समाप्त हुनुअगावै नयाँ चुनाव गर्ने कानून बनेको हो । कुनै पनि बहानामा वा संविधानमा छिद्र खोजेर चुनाव टार्नु संविधानविपरीत प्रतिगामी कार्य हुनेछ ।’
प्रतिकृया दिनुहोस्