इलाममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौं, आज बिहान इलाममा पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गङ्गाबहादुर थापाका अनुसार मेची राजमार्गको रोङ गाउँपालिका–४ पहिरोमा पिकअप दुर्घटना भएको हो ।
झापाबाट इलाम आउँदै गरेको प्रदेश १–०१–००१ च ७९१६ नम्बरको पिकअप अनियन्त्रित भइ सडकदेखि करिव पाँच सय मिटर तल खसेको हो ।
सो दुर्घटनामा परी झापाको मेचीनगर नगरपालिका–४ निवासी ५५ का वर्षिया रमेश थापा र सोही स्थान बस्ने वर्ष ४० का सुर्यबहादुर थापाको घटनास्थलमा नै मृत्यु भएको हो ।
जीप चालक मेचीनगर–४ बस्ने वर्ष ३३ का अर्जुन कोइरालासमेत गम्भिर घाइते भएको बताइएको छ । हाल उनलाई उपचारका लागि झापाको विएण्डसि अस्पताल लगिएको छ ।
प्रतिकृया दिनुहोस्