February 8, 2023, Wednesday
२०७९ माघ २५, बुधबार

थप ८ हजार ४५४ जनामा कोरोना पुष्टि,५ जनाको मृत्यु


काठमाडौं माग १२ गते । गएको २४ घण्टामा नेपालमा ८ हजार ४५४ जना कोरोना संक्रमित थपिएका छन् । २० हजार ३५९ जनामा कोरोना परिक्षण गर्दा पीसीआर विधिबाट ५५७१ जना र एन्टीजेन परिक्षण विधीबाट २८८३ जना संक्रमित थपिएका हुन् ।


त्यस्तै गत २४ घण्टामा ५ जना संक्रमितको मृत्यु भएको छ । थप ४४३३ जना संक्रमित डिस्चार्ज भएका छन् ।
हालसम्म नेपालमा कुल संक्रमितमध्य ८९.१ प्रतिशत डिस्चार्ज भैसकेका छन् ।

नेपालमा कोभिड १९ का कारण मृत्यु हुनेको कुल संख्या भने ११ हजार ६७२ जना पुगेका छन् ।

शीर्ष समाचार

धेरै पढिएको