पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने नेपालको दाबी

काठमाडौं, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले हाल भैरहेको राष्ट्रियसभाको निर्वाचनमा पाँच दलीय गठबन्धनले सबै सिटमा जित हाँसिल गर्ने दाबी गरेका छन् ।
बुधबार पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले यस्तो बताएका हुन् ।
उनले भनेका छन्, ‘राष्ट्रियसभामा अहिले उठाईएका जम्मै ठाउँमा हामी जित्छौं । विजयी हुनेछौं । त्यो परीणामले पनि एउटा तरंग पैदा गर्नेछ । तपाईँहरु सुनिरहनुभएको छ, स्थानीय तहको निर्वाचन कहिले गर्ने, संघीय चुनाव कहिले गर्ने, यसबारेमा व्यापक छलफल भएको छ ।’
प्रतिकृया दिनुहोस्